६ असार, धादिङ – युवा लक्षित ३ महिने इलेक्ट्रोसियन तथा प्लम्बिङ तालिमको उद्घाटन गरिएको छ ।
तालिमको आइतबार धादिङका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो । “हत्केलामा सीप थमाइ श्रृजनशील बनौँ उद्यमशीलता, रोजगारी र आयआर्जनको दायरालाई फराकिलो बनाइ जीवनस्तर सम्बृद्ध पारौँ” भन्ने नाराका साथ सोमबारदेखि सुरु हुने तालिममा ७५ जना युवाहरुको सहभागीता रहने छ । इलेक्ट्रिसियनमा ५० जना र प्लम्बरमा २५ जना तालिममा सहभागी हुने जानकारी गराइएको छ ।
नेपाल सरकार, श्रम तथा रोजगार मन्त्रालयको चालु आव ०७१०७२ को रोजगार प्रवर्धन कार्यक्रम अन्र्तगत भूकम्प पीडित तथा विपन्न वर्ग लक्षित वर्गका लागि तालिमको आयोजना गरिएको आयोजक संस्था व्यावसायिक तथा सीप विकास तालिम केन्द्र गजुरी धादिङले जानकारी दिएको छ ।