Thu. Nov 28th, 2024

बागमती प्रदेश सरकारले ल्यायो ५७ अर्व ७२ करोडको बजेट

हेटौँडा
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ ।
बागमती प्रदेशसभाको प्रदेशसभा बैठकमा प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले आव ०७८/०७९ को बजेट सार्वजनिक गरेका हुन् ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि पूँजीगत तर्फ २९ अर्व ७० करोड ४३ लाख ४ हजार रुपैयाँ र चालुतर्फ २६ अर्व १ करोड ६६ लाख २३ हजार रुपैयाँ र वित्तीय तर्फ २ अर्व रुपैयाँ बजेट विनियोजन गरेको हो । बजेटमा प्रदेशका १३ वटै जिल्लालाई कोभिड संक्रमित बिरामीको उपचार, अस्पतालको स्तरोन्नति र खोप लगाउने कार्यलाई पहिलो प्राथमिकतामा राखिएको छ । प्रदेशका सबै जिल्लामा कृषिको उत्पादन, पशुपालन र रोजगारीलाई प्रत्यक्ष अवसर जुटाइनेतर्फ बजेट विनियोजन गरिएको छ ।

About The Author

अन्य समाचारहरु: