धादिङ-
रोटरी क्लव अफ धादिङले धादिङ अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
रोटरीको ग्लोबल ग्राण्ड प्रोजेक्ट मार्फत आईतबार एक सेट भेन्टिलेटर र ३५ केजिको वासिङमेसिन हस्तान्तरण गरेको हो ।
रोटरी इन्टरनेशनल ग्लोबल ग्राण्ड न. २१७१३०० (२०२०/२१)को स्वीकृत परियोजना अन्तर्गत रोटरी क्लब होनोलुलु सनसेट(यु.एस.ए), रोटरी क्लब नारायणगढ र रोटरी क्लब धादिङको साझेदारीमा प्रोजेक्ट संचालनमा छ । प्रोजेक्ट मार्फत रोटरीले धादिङ अस्पताललाई ६५ लाख बराबरको सहयोग गर्दैछ ।
रोटरीले यसअघि शुद्ध पार्ने प्युरिफाई मेसिन सहयोग गरेको थियो । ५ वटा आइसियु बेड सहित मोनिटर, इसिजि लगायत स्वास्थ्य सामाग्री छिटै उपलब्ध गराइने रोटरी क्लब अफ धादिङका अध्यक्ष कृष्णलाल उप्रेतीले जानकारी दिए ।
रोटरीले आइतबार उपलब्ध गराएको सहित धादिङ अस्पतालमा भेण्टिलेटर ४ ओटा भयो । तर, बिज्ञ नहुदा संचालनमा भने आएको छैन । इमर्जेन्सी हुँदा कहिलेकाहीँ मात्रै अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवनचन्द्र झाले भेण्टिलेटरमा बिरामी उपचार गराउने गरेको सुचना अधिकारी बिक्रम बि.कले जानकारी दिए ।