धादिङ– नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लि.ले धादिङ अस्पताललाई दुई लाख ५० हजार नगद सहयोग गरेको छ । बढ्दै गएको कोरोना भाइरस रोग नियन्त्रण तथा व्यवस्थापनका लागि अति आवश्यक सामग्रीहरु व्यवस्थापनका लागि सहयोग गरेको हो ।
धादिङ अस्पतालमा नै उपस्थित भएर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमला र मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवनचन्द्र झालाई माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले चेक हस्तान्तरण गरेका हुन् ।
संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत प्राप्त भएको सहयोग रकमले कोभिडका बिरामीहरुको उपचारमा खर्च गर्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धमलाले बताए ।