६ असार, धादिङ – धादिङको थाक्रे गाँउ विकास समितिको वडा नं २ मा रहेको जनता प्राविमा अध्ययनरत विद्यार्थीका अभिभावकहरुलाई राहत सामग्री वितरण गरिएको छ ।
दी जक्सन इटहरी, वाल्क टु चेन्ज काठमाडौँ र द सेन्डस् गुग इटहरीको संयुक्त पहलमा विद्यालयका ३२ जना अभिभावकहरुलाई राहत सामग्री वितरण गरिएको हो ।
राहत सामग्री अन्र्तगत चामल , नुन, तेल, चाउचाउ लगायतका सामग्री वितरण गरिएको टोलीका संयोजक मिस लिम्बुले जानकारी दिएको छ ।
भूकम्पले त्यस विद्यालयको भवनमा पूर्ण रुपमा क्षति पु¥याएको छ । अहिले खुल्ला चौरमा कक्षा संचालन भइरहेको छ । विद्यालयमा ५८ जना विद्यार्थीहरु अध्ययरत छन् ।