Fri. Nov 29th, 2024

नेकपा विभाजनको अर्को असर, ढल्यो गण्डकी सरकार

२७ जेठ, धादिङ-
प्रतिनिधिसभा विघटनले निम्त्याएको राजनीतिक ध्रुवीकरणले एकपछि अर्को हार व्यहोरिरहेको प्रधानमन्त्री ओली नेतृत्वको एमालेलाई अर्को झड्का लागेको छ । प्रधानमन्त्रीका विश्वासपात्र पृथ्वीसुब्बा गुरुङ नेतृत्वको गण्डकी सरकार ढलेको छ ।

अहिले विश्वासको मत लिन नसकेपछि प्रदेश सरकार ढलेको हो । मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ्गले प्रदेशसभामा आज विश्वासको मत लिन सक्नुभएन ।
कूल ६० सदस्यीय प्रदेशसभामा उपस्थित ५८ सांसदमध्ये गुरुङ्गको पक्षमा २७ र विपक्षमा ३० मत परेको थियो । एक मत भने तटस्थ रहेको थियो ।

मुख्यमन्त्रीले विश्वासको मत पाउन मतदानमा सहभागी ५८ जना सांसदको बहुमत् अर्थात २८ सांसदको समर्थन आवश्यक पर्नेमा उहाँले जम्मा २७ मत पाउनुभयो । उहाँलाई एमालेका २७ सांसदले मात्र विश्वासको मत दिएका हुन् ।

विश्वासको मतको प्रस्तावको विपक्षमा भने ३० मत परेको छ । प्रदेशसभामा १५ मत रहेको काँग्रेस,सभामुखसहित १२ मत रहेको माओवादी केन्द्र, दुई मत रहेको जसपा र ३ मत रहेको राष्ट्रिय जनमोर्चाका सबैले मुख्यमन्त्रीलाई विश्वासको मत दिएनन् ।

अल्पमतको सरकार बनेको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार आज मतदान भएको थियो । आजको मतपरिणामले मध्यावधिको सम्भावना टरेको छ । नयाँ सरकार बने पनि उसले आजकै रफ्तारमा बिश्वासको मत पाउने सम्भावनावारे भने यसै भन्न सकिने स्थिति छैन ।

About The Author

अन्य समाचारहरु: