
११ जेठ , एजेन्सी –
भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस ९कोभिड–१९० का १ लाख ९६ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा गत अप्रिल १४ यता पहिलोपटक दैनिक नयाँ संक्रमितको संख्या २ लाखभन्दा कममा झरेको हो ।
पछिल्लो समय भारतमा कोरोनाका नयाँ संक्रमितको संख्यामा निरन्तरको कमी देखिएको छ । यद्यपि अन्य मुलुकको तुलनामा भने भारतमा कोरोना संक्रमण उच्च छ ।
भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण ३ हजार ५११ जनाको मृत्यु भएको छ ।
यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको समग्र संख्या २ करोड ६९ लाख नाघेको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या तीन लाख ७ हजार २३१ पुगेको छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि २५ लाख ८६ हजारमा झरेको छ ।
पछिल्लो २४ घण्टामा भारतको तामिलनाडुमा ३४ हजारभन्दा धेरै नयाँ संक्रमित पाइएका छन् भने कर्नाटकमा नयाँ संक्रमितको संख्या २५ हजारभन्दा धेरै छ । त्यस्तै उक्त अवधिमा महाराष्ट्रमा कोरोनाका नयाँ संक्रमितको संख्या २२ हजारभन्दा धेरै छ ।
भारतमा अहिलेसम्म १९ करोड ८५ लाख डोजभन्दा धेरै कोरोना खोप मानिसहरुलाई लगाइसकिएको छ ।
२०७८ जेठ ११ गते प्रकाशित