Fri. Nov 29th, 2024

प्रधानमन्त्रीमा केपी ओली पुनः नियुक्त


३० बैशाख, काठमाडौँ–


नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री पुनः नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ३ अनुसार संसदको सबभन्दा ठुलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

प्रधानमन्त्री ओलीले बैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सकेका थिएनन् । त्यसपछि स्वतः पदमुक्त भएका ओली दलहरूलाई बहुमतको सरकार बनाउन राष्ट्रपतिले दिएको तीन दिनको समयमा कसैको दाबी नपरेपछि पुनः प्रधानमन्त्री नियुक्त भएका हुन् ।

२०७८ बैशाख ३० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: