३० बैशाख, धादिङ–
जिल्ला अस्पताल धादिङबेसीले संचालन गरेको अस्थायी कोभिड १९ अस्पताललाई नागरिक समाजले विभिन्न सामग्री सहयोग गरेको छ ।
जिल्लाका नागरिक समाज संस्थाहरुले अस्पताललाई झुल ६० थान, थर्मस १० थान, पानी तताउने भाडो १० थान प्रदान गरेको छ । अस्पतालमा ४२ जना कोरोना संक्रमित उपचाररत छन् ।
२०७८ बैशाख ३० गते प्रकाशित