२६ बैशाख, धादिङ–
धादिङ निलकण्ठ नगरपालिका वडा नं. २ तिनघरेका रणबहादुर बिकको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ७५ बर्सिय बिकको सदरमुकाम स्थित अस्थायी कोभिड अस्पताल उपचारको क्रममा मृत्यु भएको हो ।
५ दिन अघि ज्वारो आएर धादिङ अस्पताल आइपुगेका थिए । परिक्षणको क्रममा कोरोना पोजिटिभ देखिएपछि आइसोलेसलमा भर्ना भई उपचाररत थिए । उनीमा यश अघिदेखि नै निमोनियाको समस्या रहेको अस्पतालले जनाएको छ । यसअघि उनले तिनघरेमा पसल ब्यबसाय गर्दै आएका थिए ।
बिकको शव उनका परिवार र आफन्तले नेपाली सेनाको जिम्मा लगाएको छ । गाउँमा संक्रमण फैलिन सक्ने खतरा भएकोले शव सेनाको जिम्मा लगाइएको मृतक बिकका भाई टेकबहादुर बिकले बताए ।
२०७८ बैशाख २६ गते प्रकाशित