१८ बैशाख, धादिङ–
जिल्ला अस्पताल धादिङमा कार्यरत १० जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार स्वाब संकलन गरी परीक्षणका लागि पठाईएकोमा १० जना स्वास्थ्यकर्मीको रिपोर्ट पोजिटिभ आएको जिल्ला अस्पताल धादिङका सूचना अधिकारी विक्रम विकले जानकारी दिए ।
स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपनि स्वास्थ्य मापदण्ड पूरा गरेर सबै सेवाहरु प्रवाह गरिरहेको बताइएको छ । यससँगै धादिङ अस्पतालमा कोरोना संक्रमित हुने स्वास्थ्यकर्मी तथा कर्मचारीको संख्या १३ जना पुगेको छ ।
अस्पतालले तत्काल स्वास्थ्य उपचार गर्नुपर्ने तथा अत्यावश्यक अवस्थामा रहेका सेवाग्राहीहरु मात्र अस्पताल आई भीड कम गराएर कोभिडको जोखिम कम गर्न अनुरोध गरेको छ ।
२०७८ बैशाख १८ गते प्रकाशित