Sun. Mar 16th, 2025

कोरोनाका कारण स्थानीय तहको परीक्षा स्थगित

१४ बैशाख , काठमाडौ –

कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विद्यालय तहका सवै परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ ।

दिनानुदिन कोभिड–१९ को संक्रमण दर बढिरहेको अवस्थामा नगरपालिकाले बैसाख १५ गतेदेखि हुने सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा १ देखि कक्षा ९ सम्मको वार्षिक परीक्षा, कक्षा ८ को नगर स्तरीय वार्षिक परीक्षा र कक्षा १० को एसइई पुर्वतयारी परीक्षा स्थगित गरेको हो ।

कोरोना भाइरसको महामारी बढिरहेको अवस्थामा नेपाल सरकारको बैसाख १३ गतेको मन्त्रिपरिषदको निर्णय अनुसार नगरपालिकाले विद्यालय तहका सबै खालका परीक्षा अर्को सूचना नभएसम्मको लागि स्थगित गरेको जनाएको छ।

परीक्षाका कारण विद्यालयमा हुने भीडभाडले कोभिड–१९ को संक्रमण फैलने खतरा भएकाले परीक्षा स्थगित गर्नु परेको नगरपालिकाले जनाएको छ ।

यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिकाले चार दिन विद्यालयको पठन–पाठन बन्द गर्ने निर्णय गरेको छ । कोभिड–१९ को संक्रमण फैलने खतरालाई मध्यनजर गर्दै गाउँपालिकाले बैसाख १५ गतेदेखि बैसाख १९ गतेसम्म पठन–पाठन बन्द गर्ने निर्णय गरेको हो ।

पठन–पाठन बन्द भए पनि शिक्षकले भने विद्यालयमा नियमित रुपमा उपस्थित भएर परीक्षाको तयारी ९प्रश्नपत्र निर्माण तथा व्यवस्थापन, शिक्षण सिकाई सम्वन्धी शैक्षिक सामग्री निर्माण एवं दैनिक प्रशासनिक कार्यमा सहयोग गर्नुपर्ने गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले मंगलबार जारी गरेको सूचनामा उल्लेख छ ।

दिप्रुङ चुईचुम्मा गाउँपालिकाले यसअघि तोकिएको परीक्षा भने निर्धारित समयमा स्वास्थ्य सुरक्षाका मापदण्ड अलवम्बन गर्दै यथावत सञ्चालन गर्ने जनाएको छ । दिप्रुङमा बैसाख २० गतेदेखि परीक्षा हुने मिति तय गरिएको छ।

२०७८ वैशाख १४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: