Tue. Mar 11th, 2025

नेपाली महिला क्रिकेट टिम र भारतको उत्तराखण्डबीचको सिरिज स्थगित

८ वैशाख , काठमाडौ –

नेपाली महिला क्रिकेट टिम र भारतको उत्तराखण्ड महिला क्रिकेट टिमबीचको मैत्रीपूर्ण सिरिज स्थगित भएको छ।

उत्तराखण्ड क्रिकेट एसोसिएसनले बढ्दो कोभिड(१९ को असरका कारण देखाउँदै बिसिसिआई र राज्य सरकारले अनुमति नदिँदा उत्तराखण्ड महिला क्रिकेट टिमको नेपाल भ्रमण तत्काललाई स्थगित गरिएको जानकारी दिएको हो।

यसअघि नेपाल र उत्तराखण्ड टिमबीच मे तेस्रो सातादेखि टी(२० र एकदिवसीय सिरिज हुने तय भएको थियो।

नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले सिरिज गर्ने निर्णय गरेको थियो।

२०७८ वैशाख ८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: