Sun. Mar 16th, 2025

भारतमा एकैदिन ३ लाख कोरोना संक्रमित २ हजार भन्दा बढिको मृत्यु

८ बैशाख , एजेन्सी –

भारतमा कोरोना संक्रमण दरमा दिनहुँ नयाँ रेकर्ड कायम भइरहेको छ। पछिल्लो २४ घण्टामा २ लाख ९४ हजार २९० जना संक्रमित थपिएका छन्।

यो संख्या विश्वकै सबैभन्दा बढी हो। सोही अवधिमा २ हजार २० जना कोरोना संक्रमितको मृत्यु भएको छ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार अघिल्लो २४ घण्टामा २ लाख ५९ हजार १७० जनामा संक्रमण देखिएको थियो भने १ हजार ७६९ जनाको मृत्यु भएको थियो।

भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या १ करोड ५६ हजार नाघेको छ। १ लाख ८२ हजारको मृत्यु नै भइसकेको छ।

२०७८ बैशाख ८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: