Fri. Nov 29th, 2024

धादिङमा खनाल–नेपाल समूहको समानान्तर कमिटि गठन


४ बैशाख, धादिङ–


नेकपा एमाले खनाल– माधव नेपाल समूहले धादिङमा समानान्तर पार्टी कमिटीहरु घोषणा गरेको छ । शनिबार धादिङबेसीमा सम्पन्न बिस्तारित कार्यकर्ता भेलाले शिवराज कडेलको अध्यक्षतामा १ सय ९१ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ ।

त्यस्तै प्रदीप फ्युवाको अध्यक्षतामा २ स ९३ सदस्यीय युवा संघ र सीता ढुंगानाको अध्यक्षतामा १ सय ६१ सदस्यीय अखिल नेपाल महिला संघ घोषणा गरेको छ । भेलाले पार्टी जिल्ला कमिटीको उपाध्यक्षमा नारायण कार्कि, सचिवमा सुवास खतिवडा, उपसचिवमा जीवन तामाङ चयन भएका छन् ।

युवा संघ उपाध्यक्षमा समीर गुरुङ, सचिवमा प्रदीप श्रेष्ठ, उपसचिव हस्तबहादुर तामाङ, कोषाध्यक्ष बिनोद ढुंगाना चयन हुनुभएको छ भने अनेम संघ उपाध्यक्ष भवानी सापकोटा र सबिता तामाङ, सचिवमा भगवती तिवारी, उपसचिवमा कृष्ण कुमारी श्रेष्ठ, कोषाध्यक्षमा लक्ष्मी उप्रेती चयन भएका छन् ।

बिस्तारित कार्यकर्ता भेलालाइ सम्बोधन गर्न एमाले केन्द्रीय उपमहासचिब घनश्याम भुसाल, पोलिट ब्युरो सदस्य अरुण नेपाल, राजेन्द्र प्रसाद पाण्डे लगायतका नेता धादिङ आएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नेता भुसालले एमाले एकता जोगाउन आफुहरु देश दौडाहामा निस्केको बताए । अध्यक्ष के पि ओलिको एकलौटी निर्णयले पार्टीलाई यो अबस्थामा पु¥याएको भन्दै कि ओलिलाइ सुधार गरेर या ओलिलाइ कार्बाही गरेर पार्टी एकता जोगाउने बताए ।

भेलालाई सम्बोधन गर्दै नेकपा एमाले पोलिटब्युरो सदस्य राजेन्द्र प्रसाद पाण्डेले आगामी एक महिना भित्रै वडा स्तरसम्म सबै कमिटी बिस्तार गरिसक्ने बताए । त्यस्तै नेता गुरु प्रसाद बुर्लाकोटीले जिल्लामा २/४ जना मिलेर यत्तिको बनाएको नेकपा एमाले पार्टी जोगाउन हर प्रयासमा रहेकोे बताए ।

२०७८ बैशाख ४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: