५ असार, काठमाडौं – एसएलसीको पुरक परीक्षा आउँदो साउन २० गतेदेखि हुने भएको छ ।
परीक्षा नियन्त्रण कार्यालयले दुई विषयसम्म अनुत्तीर्ण भएका परीक्षार्थीका लागि साउन २० गतेदेखि २७ गतेसम्म मौका परीक्षा सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको छ ।
२०७१ सालमा लिइएको एसएलसी परीक्षाको नतिजा अनुसार नियमिततर्फ ४७ दशमलव ४३ प्रतिशत र आंशिकतर्फ १३ दशमलव ८० प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । यसवर्षको परीक्षामा पनि विगतमा जस्तै गणितमा सबैभन्दा बढी त्यसपछि विज्ञान र अंग्रेजीमा बढी अनुत्तीर्ण भएका छन् ।