Tue. Mar 11th, 2025

महिला भलिबलमा नेपाल प्रहरीको विजयी सुरुवात

२० चैत,काठमाडौ–

आरबिबी एनभिए महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा पुलिसले भरतपुर मेट्रो क्लवलाई सोझो सेटमा हराएको हो।

पुलिसले भरतपुरलाई २५–४, २५–८ र २५–१२ को सेटमा हराएको हो।

१९ गतेबाट सुरु भएको खेल २६ सम्म हुनेछ। विजेता टोलीले ३ लाख नगद प्राप्त गर्ने छन्। यस्तै,उपविजेताले १ लाख ५० हजार प्राप्त गर्दा तेस्रोले ७६ हजार र चौथोले ३७ हजार ५ सय पाउने संघले जनाएको छ।

प्रतियोगिताको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउनेछन्।

उत्कृष्ट लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार पाउनेछन्।

२०७७ चैत २०गते प्रकाशित

About The Author

अन्य समाचारहरु: