Thu. Mar 13th, 2025

अब नेपाली विमानमा इन्टरनेटको सुविधा

१९ चैत , काठमाडौ –

नेपाली आकाशमा उडान गर्दा विदेशी एयरलाइन्सले दूरसञ्चार सेवा उपलब्ध गराउन पाउने भएका छन्।

१० हजार फिटमाथिको उचाइमा फोन कल, इन्टरनेट तथा एसएमएस सुविधा प्रदान गर्न पाउने गरी नेपाल दूरसञ्चार प्राधिकरणले निर्णय गरेको हो।

प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलका अनुसार चैत ९ गते बसेको बोर्ड बैठकले यस्तो सुविधा प्रदान गर्नसक्ने गरी अनुमति दिने निर्णय गरेको हो।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन ९आईकाओ०को अनुमति प्राप्त एयरलाइन्सले यस्तो सुविधा उपलब्ध गराउन सक्ने प्राधिकरणले जनाएको छ।

आईकाओको अनुमतिका आधारमा प्राधिकरणले विदेशी एयरलाइन्सलाई ‘नो अब्जेक्सन’ उपलब्ध गराउनेछ। यसरी सेवा उपलब्ध गराउँदा नेपालभित्रको फ्रिक्वेन्सी प्रणालीमा भने कुनै अवरोध हुन नहुने प्राधिकरणले स्पष्ट पारेको छ।

फ्रिक्वेन्सी अवरोध हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै १० हजार फिटमाथिको उचाइमा मात्र यस्तो सुविधा दिन पाउने गरी प्राधिकरणले अनुमति दिने प्रवक्ता पौडेलले बताए।

२०७७ चैत १९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: