Sun. Mar 16th, 2025

मुम्बईको कोरोना अस्पतालमा आगलागी कम्तीमा ९ जनाको मृत्यु

HEALTH-CORONAVIRUS-INDIA-CASES

१३ चैत , एजेन्सी –

भारतको मुम्बईमा एउटा अस्पतालमा आगलागी हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ ।
मुम्बईको भान्डुप क्षेत्रको ड्रिम्स मलमा रहेको सनराइज अस्पतालमा शुक्रबार बिहान भएको आगलागी भएको मुम्बई मिररले जनाएको छ । मृत्यु हुनेहरु कोभिड–१९ बिरामी हुन् वा होइनन् भन्ने खुलेको छैन ।

ड्रिम्स मलको तेस्रो तलामा रहेको सनराइज अस्पताल कोरोना संक्रमतिका लागि डेडिकेटेड अस्पताल हो । अस्पतालमा रहेका बिरामीको उद्धार गरी अर्को अस्पतालमा सारिएको मुम्बई प्रहरीले जनाएको छ ।

त्यस्तै उनीहरुलाई अक्सिजन सपोर्टमा राखिएको पनि जनाइएको छ ।
मुम्बई महानगरका मेयर किशोरी पेड्नेकरले अस्पतालमा रहेका ७० जना बिरामीलाई नजिकै रहेको अर्को अस्पतालमा सारिएको बताइन् ।

आगलागी कसरी भयो भन्नेबारेमा अनुसन्धान भइरहेको पनि उनले बताइन् । कोरोना महामारी फैलिएपछि गत वर्षबाट मात्रै उक्त अस्पताल सञ्चालनमा आएको थियो । पछिल्लो समय भारतमा कोरोना संक्रमण तीव्र बनेको छ । त्यसमध्ये पनि महाराष्ट्रको राजधानी मुम्बईमा कोरोना संक्रमण उच्च छ ।

बिहीबार मात्रै मुम्बईमा ५ हजार ५ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै भारतमा बिहीबार थप ५९ हजार १ सय १८ जनामा कोरोना देखिएको छ भने २ सय ५७ जनाको मृत्यु भएको छ ।

२०७७ चैत १३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: