Sun. Mar 16th, 2025

एमालेले माधव नेपालसहित चार नेतालाई स्वकीय सचिवमार्फत स्पष्टीकरण पत्र पठायो

९ चैत, काठमाडौ –

नेकपा एमालले पार्टी वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जनालाई स्पष्टीकरण पत्र पठाएको छ। एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले सोमबार पार्टीको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार चार जना नेताहरुलाई स्पष्टीकरण पत्र दिइएको जानकारी दिए।

‘केन्द्रीय कमिटीको निर्णयअनुसार स्पष्टीकरण पत्र पठाएका छौं। चारै जना नेताहरुका स्वकीय सचिवमाफर्त पत्र बुझाएका हौं,’ उनले भने, ‘उहाँहरुले नेताहरुलाई दिन्छौं भन्नुभएको छ।’

गत शनिबार बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पार्टी हितविपरीत काम गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

२०७७ चैत ९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: