
३ चैत, नेपालगन्ज-
नेपालगन्जमा जारी एन्फा प्रेसिडेन्ट लिगमा धादिङले आफ्नो पहिलो खेल अहिले खेलिरहेको छ । ७ प्रदेशबाट प्रदेश लिगमा विजेता टिमहरु एक आपसमा प्रेसिडेन्ट लिगको उपाधीका लागि प्रतिस्पर्धा गरिरहका छन् । बागमती प्रदेशबाट धादिङको धादिङ समाजले प्रतिनिधित्व गरिरहेको छ ।
नेपालगन्ज रंगशालामा जारी आफ्नो पहिलो खेलमा प्रदेश नम्वर ६ को टिम संग धादिङले प्रतिस्पर्धा गरिरहेको छ । खेलको पहिलो हाफ सकिदा धादिङ २ गोलले अघि रहेको छ । स्टाइकर आमिर श्रेष्ठको २ गोल गरिसकेका छन् । यद्यपी धादिङको टिम १० खेलाडीमा सिमित भएको छ ।
खेलको ४० औ मिनेटमा जुम्लाका खेलाडीलाइ डिएरियामा फल गरेपछि धादिङका खेलाडी सिधै रातो कार्ड पाएका थिए । उक्त रातो कार्डपछि पाएको पेनाल्टीलाइ जुम्लाले गोलमा परिणत गर्न भने सकेन ।
धादिङका खेलाडीहरुको हौसला बढाउनको लागि नीलकण्ठ नगरपालिकाका मेयर भीम ढुंगाना र फुटवल संघ धादिङका अध्यक्ष दीपक खतिवडा नेपालगन्ज नै पुगेका छन्
अन्तर प्रदेश स्तरीय प्रेसिडेन्ट लिगमा बागमती प्रदेशको तर्फबाट खेल्ने धादिङ समाजका खेलाडीहरुलाई नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुङ्गाना र जिल्ला फुटबल संघ धादिङका अध्यक्ष दिपक खतिवडाद्वारा आर्थिक सहयोग गर्ने घोषणा समेत गरेका छन् ।
नेपालगंज पुगेर नगर प्रमुख ढुङ्गानाले खेलाडीहरुलाई भेट्दै बागमती प्रदेशका लागि प्रेसिडेन्ट कप जितेमा नीलकण्ठ नगरपालिकाले नगद २ लाख खेलाडीहरुलाई प्रदान गर्ने बताएका हुन् । यस्तै जिल्ला फुटबल संघ धादिङका अध्यक्ष दिपक खतिवडाले पनि बागमती प्रदेशको लागि खेल्दै गरेको धादिङको टिमका खेलाडीलाई १ लाख दिने घोषणा गरेका छन् ।