४ असार, काठमाडौं – २०७१ सालको प्रवेशिका परीक्षा एसएलसीको नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शुक्रबारसार्वजनिक गरेको हो । यस वर्ष एसएलसीमा ४७.४३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
यसवर्षको नियमित परीक्षामा पाँच लाख ७४ हजार ६ सय ८५, पुनः परीक्षामा एकलाख ४५ हजार एक सय ८३ तथा प्राविधिकतर्फ तीनहजार दुई सय ८८ सहभागी भएका थिए । यस वर्ष गत वर्षभन्दा ४ प्रतिशत बढी विद्यार्थी उत्तीर्ण भएका छन् । गत वर्ष ४३.९२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए । गत वर्षको एसएलसी ९प्रवेशिका० परीक्षामा नियमिततर्फ ३ लाख ९४ हजार ९ सय ३३ ले परीक्षा दिएकामा १ लाख ७३ हजार ४ सय ३६ उत्तीर्ण भएका थिए ।परीक्षा गतवर्ष ५ देखि १३ चैतसम्म सञ्चालन भएको थियो ।
परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले एसएलसीको नतिजा एसएमएस, आइभीआर र वेबसाइटमा थाहा पाउन सकिने जानकारी दिए ।परीक्षा नियन्त्रक द्वारेले इन्टरनेटबाट हेर्न नसक्नेहरुले एसएमएसबाटै परिणाम थाहा पाउन सकिने बताए ।
नतिजा थाहा पाउनका लागि
नतिजा थाहा पाउन आफ्नो मोबाइलको म्याजेज बक्समा SLC लेखेर एक स्पेस दिएपछि सिम्बोल नम्बर लेखी १६००,५००१, ५२२५, ५५६६, ४९४९ र ७६७६ मा एसएमएस गर्नुहोला । साथै नेपाल टेलिकमको १६०० मा फोन गरेर पनि नतिजा जान्न सकिनेछ । एसएलसीको परिणाम शिक्षा मन्त्रालयको वेवसाइट www.moe.gov.np मार्फत पनि थाहा पाउन सकिने सुविधा छ ।