Mon. Mar 17th, 2025

म्यान्मारमा एकै दिन ३८ प्रदर्शनकारी मारिए

२ चैत, एजेन्सी –

सैनिक कूपछि म्यान्मारमा चर्किएको विरोध प्रदर्शनमा आइतबार एकैदिन ३८ जना प्रदर्शनकारी मारिएका छन् । सेनाले सत्ता हातमा लिएपछि त्यहाँ भएको प्रदर्शनमा एकै दिन यति धेरै जनाको ज्यान गएको यो पहिलोपटक हो ।

द एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी) का अनुसार आइतबार भएको हिंसात्मक झडपमा परी म्यान्मारको मुख्य सहर यांगुनमा मात्रै २१ जनाको मृत्यु भएको छ । देशका अन्य सहरहरूमा समेत गरी ३८ जना प्रदर्शनकारीको ज्यान गएको र दर्जनौं घाइते भएको एएपीपीले जनाएको छ ।

यस्तै, आइतबार प्रदर्शनकारीहरूले चिनियाँ लगानीमा खुलेका उद्योग, व्यवसाय तथा कलकारखानाहरूमा आक्रमण गरेको बीबीसीले जनाएको छ । हलिंग थारयार क्षेत्रमा प्रदर्शनकारीहरुले चिनियाँ लगानीमा खुलेका व्यवसायलाई लक्षित गरेर आक्रमण गरेपछि उक्त क्षेत्रमा सेनाले कर्फ्यु लगाएको छ ।

प्रदर्शनकारीहरुले चीनले सैनिक कू को समर्थन गरेको भन्दै चिनियाँ लगानीका व्यापार–व्यवसायलाई निसाना बनाएका हुन् ।

यसैबीच,त्यहाँस्थित चिनियाँ दूतावासले पनि केही उद्योगहरुमा आक्रमण,लुटपाट तथा केही चिनियाँ कर्मचारीहरु घाइते भएको पनि जनाएको छ ।

दूतावासले उक्त क्षेत्रमा प्रदर्शन रोक्न आग्रह गर्दै चिनियाँ कम्पनी र चिनियाँ नागरिकको रक्षा गर्न आग्रह गरेको छ ।

२०७७ चैत २ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: