Fri. Nov 29th, 2024

प्रतिनिधिसभा बैठक चैत ३ गतेसम्मका लागि स्थगित

२६ फागुन , काठमाडौ –


प्रतिनिधिसभा बैठक चैत ३ गतेसम्मका लागि स्थगित भएको छ ।

बुधबारको बैठकमा प्रतिनिधिसभा सदस्य तथा पूर्वसदस्यहरूको निधनमा शोक प्रस्ताव पारित भएपछि सभामुख अग्निप्रसाद सापकोटाले चैत ३ गते १ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएका हुन् ।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओली फर्किएपछि संसद् सचिवालयले बुधबारको बैठकको कार्यसूची परिवर्तन गरेको छ ।

प्रधानमन्त्री ओली संसद् बैठक सुरु हुनुअघि नै संसद् भवनबाट बाहिरिएका थिए ।

यसअघि बुधबार बस्ने बैठकलाई विभिन्न दलका नेताहरूले सम्बोधन गर्ने कार्यसूची भए पनि प्रधानमन्त्री ओली फर्किएपछि परिवर्तन गरिएको हो । यसअघिको कार्यसूचीमा विभिन्न अध्यादेशहरु टेबल गर्ने र शोक प्रस्ताव पारित गर्ने उल्लेख थियो ।

यसअघि आइतबारको संसद् बैठक पनि ढिला सुरु भएको भन्दै प्रधानमन्त्री ओली करिब ४० मिनेट बसेर बाहिरिएका थिए ।

बुधबार प्रधानमन्त्री बाहिरिएसँगै संसद् भवनमा उपस्थित भएका अधिकांश मन्त्रीहरू पनि बैठक छाडेर हिँडेका छन् ।

२०७७ फागुन २६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: