
९ फागुन ,एजेन्सी –
कोरोना भाइरसका कारण हालसम्म विश्वका धरै देशहरु प्रभावित भइरहेका छन्। कोरोनाका कारण विश्वका विभिन्न देशका नागरिकले ज्यान गुमाइरहेको छन् भने निको हुनेको संख्या पनि बढ्दै गइरहेको छ ।
अहिले विश्वका विभिन्न देशमा कोरोनो खोप पनि लगाउन शुरु गरिएको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार विश्वभर कोरोना संक्रमितको संख्या ११ करोड १६ लाख ४८ हजार ८ सय ५१ पुगेको छ भने कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २४ लाख ७२ हजार २ सय ९८ पुगेको छ ।
त्यस्तै हालसम्म विश्वमा ८ करोड ६८ लाख १५ हजार २ सय ८ कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् ।
त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ५ लाख ९ हजार ८ सय ७५ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २ करोड ८७ लाख ६ हजार ४ सय ७३ पुगेको छ । त्यसैगरी निको हुनेको संख्या एक करोड ८८ लाख ९९ हजार २ सय ७२ पुगेको छ ।
त्यस्तै भारतमा हालसम्म एक करोड ९ लाख ९१ हजार ९१ कोरोना संक्रमित छन् भने एक लाख ५६ हजार ३ सय ३९ ले ज्यान गुमाइसकेका छन् ।
त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या २ लाख ४६ हजार ६ पुगेको छ भने संक्रमितको संख्या १ करोड १ लाख ३९ हजार १ सय ४८ पुगेको छ ।
२०७७ फागुन ९ गते प्रकाशित