Thu. Feb 27th, 2025

धादिङमा ट्रक र मोटरसाइकल ठोक्कियो, १ जनाको मृत्यु

३ असार,  धादिङ –पृथ्वी राजमार्ग अन्र्तगत धादिङको भूमेस्थान गाँउ विकास समितिको वडा नं ६ सिम्लेमा आइचर ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

काठमाडौँबाट नुवाकोट जाँदै गरेको बा ३ च ४०६६ नम्बरको ट्रकले विपरित दिशाबाट  खानीखोलातर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिदाँ गोगनपानी ५ बस्ने २२ वर्षीय रविन्द्र भुजेलको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परी एक जना घाइते भएका छन् । घाइते भएकालाई उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जानकारी दिएको छ ।

About The Author

अन्य समाचारहरु: