Fri. Mar 14th, 2025

नेकपा प्रचण्ड – नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु

७ फागुन, काठमाडौ–

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बैठक सुरु भएको हो ।

गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि राजनीतिक रुपमा विभाजित बनेको नेकपाको प्रचण्ड नेपाल समूहको बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे केन्द्रीय सदस्यहरुलाई जानकारी गराउने बताइएको छ ।

यसैगरी निर्वाचनमा आयोगमा पुगेको आधिकारिकता विवाद र प्रतिनिधिसभा विघटनविरुद्ध जारी आन्दोलनका विषयमा समेत बैठकमा छलफल हुनेछ ।

आधिकारिकताका लागि बहुमत देखाउने प्रयासमा रहेको नेकपा प्रचण्ड नेपाल समूहका नेताहरुले हस्ताक्षर गरेका छन् ।

२०७७ फागुन ७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: