Tue. Mar 11th, 2025

राष्ट्रिय महिला लिग चन्द्रपुरको तेस्रो जित

५ फागुन ,रौतहट –

रौतहटको चन्द्रपुर नगरपालिकाले चौदण्डीगढी नगरपालिकालाई २–१ ले हराउँदै राष्ट्रिय महिला लिग फुटबलमा मंगलबार तेस्रो जित निकालेको छ। ललितपुरस्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालयको मैदानमा सम्पन्न खेलमा चन्द्रपुरलाई जित दिलाउन रजनी थोकर र दिलकुमारी रानाले एक÷एक गोल गरे।

जारी लिगमा कमजोर मानिएको चौदण्डीगढीकी मनिता तामाङले एक गोल फर्काइन्। प्रतिस्पर्धात्मक बनेको पहिलो हाफको खेलमा रजनी थोकरले इन्जुरी समयमा गोल गर्दै टोलीलाई सुरु आती अग्रता दिलाएकी थिइन्। ६७औं मिनेटमा दिलकुमारी रानामगरले गोल गर्दै चन्द्रपुरको अग्रता दोब्बर बनाउँदा त्यसको अर्को मिनेटमा चौदण्डीगढीकी मनिता तामाङले गोल गर्दै अग्रता घटाउन सफल भएकी थिइन्।

चौदण्डीगढीले बाँकी समयमा खेलमा फर्किने प्रयास गरे पनि सफल हुन सकेन र चन्द्रपुरलाई नतिजा सुम्पिन बाध्य बन्यो। जितसँगै चन्द्रपुरले ११ खेलमा ९ अंक जोडेको छ। लिगमा तेस्रो जित निकालेको चन्द्रपुर छैटौं स्थानमा रहेको छ।

उता अंकको खाता खोल्न असफल चौदण्डीगढीको यो लगातार ११औं हार हो। अब चौदण्डीगढीको लिगमा एक मात्र खेल बाँकी छ।चौदण्डीगढी अंकविहीन रहँदै पुछारमा छ। जारी लिगमा विभागीय टोली एपिएफ तालिकाको शीर्ष स्थानमा छ।

२०७७ फागुन ५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: