Mon. Mar 10th, 2025

सोनाम ल्होछारमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

२७ माघ , काठमाडौ –

सरकारले यहि माघ ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

यस अघि २०५१ सालदेखि ल्होछारको अवसरमा दिइएको बिदा सरकारले ३ वर्षअघि कटौती गरेको थियो।

उक्त समुदायले पटक पटक बिदाको माग गरेपछि सोमबार बसेको मन्त्रिपरिषदको बैठकले तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने सोनाम ल्होछारको अवसरमा देशभर सार्वजानिक बिदा दिने निर्णय गरेको हो।

२०७७ माघ २७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: