Mon. Mar 17th, 2025

भारतद्धारा नेपाललाई १५ अर्ब ८७ करोडभन्दा बढी अनुदान दिने

२० माघ, एजेन्सी –

भारतले नेपाललाई १५ अर्ब ८७ करोडभन्दा बढी अनुदान दिने भएको छ । सोमबार सार्वजनिक गरेको केन्द्रिय बजेट अनुसार नेपाललाई दिने वार्षिक अनुदानमा वृद्धि गर्दै ९ अर्ब ९२ करोड भारु ९१५ अर्ब ८७ करोड २० लाख नेपाली रुपैयाँ दिने निर्णय भएको हो ।

यो रकम अघिल्लो वर्षको तुलनामा १ अर्ब १२ करोड भारु ९१ अर्ब ८९ करोड रुपैयाँ ले बढि हो । नेपाललाई दिएको बजेट कार्यान्वयन आउँदो अप्रिलबाट सुरु हुने वित्त मन्त्री निर्मला सीतामरणले बताएकि छिन ।

भारतले सबैभन्दा बढी भुटानलाई अनुदान सहयोग गर्ने भएको छ । सोमबार सार्वजनिक गरिएको केन्द्रीय बजेटअनुसार भुटानलाई ३० अर्ब ४ करोड, अफगानिस्तानलाई ३ अर्ब ५० करोड, बंगलादेशलाई २ अर्ब, श्रीलंकालाई २ अर्ब र माल्दिभ्सलाई २ अर्ब ५० करोड भारु अनुदान दिने उल्लेख गरिएको छ ।

२०७७ माघ २० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: