
१२ माघ, काठमाडौ –
नेकपाको ओली समूहले माघ २३ गते जनसभा गर्ने भएको छ । त्यसको तयारीका लागि यो समूहले १ हजार १ सय ११ सदस्यीय समिति बनाएको छ ।
जनसभाको जानकारी दिन सोमबार वाग्मती प्रदेश कमिटीको आयोजनामा भएको पत्रकार सम्मेलनमा कृष्ण गोपाल श्रेष्ठको संयोजकत्वमा १ हजार १ समय ११ सदस्यीय समिति बनाएको जानकारी ओली समूहले दिएको हो ।
नेकपाको दाहाल–नेपाल समूहले माघ ९ गते शक्ति पदर्शन गरेकै दिन प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रममा शक्ति प्रदर्शन के हो भन्ने आफूहरुले माघ २३ गते देखाइदिने बताएका थिए ।यो समूहको प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेलले जनसभामा लाखौंको उपस्थिति हुने दाबी गरे ।
त्यसको लागि वाग्मति प्रदेश अन्तर्गतका १३ जिल्ला र उपत्यका विशेष प्रदेशका ४ जिल्लासमेत गरी १७ जिल्ला कमिटीलाई निर्देशन दिइएको उनले बताए । जनसभाका लागि पोखरेलकै अध्यक्षतामा २५ सदस्यीय सचिवालय पनि गठन गरिएको छ ।
यस्तै,आयोजित पत्रकार सम्मेलनमा नेता ईश्वर पोखरेलले निर्वाचन आयोगको निर्णयलाई आफूहरुले सकारात्मक रुपमा लिएको बताएका छन् । ‘हामीले पार्टी विभाजन भएको छैन भनेर जे भन्दै आएका थियौं, त्यहि कुरा नै आयोगले पनि भनेको छ ।
२०७७ माघ १२ गते प्रकाशित