
k|d cf]nLaf6 k'n pb3f6g b]pv/L, !@ df3M k|wfgdGqL s]kL zdf{ cf]nLaf6 ;f]daf/ n'lDagL k|b]zsf] /fhwfgL /fKtL pkTosfsf] /fKtL gbLdfly lgdf{0f ePsf] k'n pb3f6g . tl:a/ M /l~htf zdf{÷/f;;
१२ माघ, काठमाडौ –
प्रधानमन्त्री केपी शर्मा ओलीले दाङको राप्ती नदीमा निर्माण गरिएको नेपालकै दोस्रो लामो पुल उद्घाटन गरेका छन् ।
लुम्बिनी प्रदेशको स्थायी राजधानीमा पर्ने राप्ती नदीमा बनेको पक्की पुलले राप्ती गाउँपालिकाको सिसहनियाँ र महादेवालाई जोड्नेछ । झण्डै एक अर्ब रुपैयाँको लागतमा निर्माण भएको पुलको लम्बाइ ८ सय ६० मिटर तथा चौडाइ साढे १० मिटर रहेको छ ।
पुलको शिलान्यास तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले २०७३ मंसिर २२ गते गरेका थिए । नेपालको सबैभन्दा लामो पुल बर्दियाको कोठियाघाट कर्णाली नदीमा छ । गेरुवा पुलको लम्बाइ एक हजार १५ मिटर छ ।
पुल उद्घाटनपछि लालमटीयामा आयोजना गरिएको जनसभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गरेका छन् ।
२०७७ माघ १२ गते प्रकाशित