धादिङ – विनाशकारी भूकम्पले गर्दा त्रिपालमुनि बसेका महिला तथा बालबालिका समस्यामा परेका छन् । खुल्ला ठाँउमा एक्लै बस्नुपर्ने उनीहरु असुक्षित भएको महशुस गर्छन् । त्रिपालमा बसेका बालबालिकाहरु बढी मात्रामा बलात्कारको सिकार पर्छन् । कामको शिलशिलामा आफ्ना आमाबुबाले एक्लै छोडिदिँदा बलात्कारको सिकार बन्न पुगेका हुन् ।
यसैक्रममा धादिङ जिल्लाको किराञ्चोक गाँउ विकास समितिका ७२ वर्षीय दीपबहादुर आलेले एक १२ वर्षीया बालिकालाई बलात्कार गरेका छन् । त्रिपालमा बसिरहेका बालिकालाई आलेले पालमा कोही नभएको मौका छोपी डोरीले बाँधेर त्रिपालभित्र बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । त्यस्तै नौबिसे गाविसकी ११ वर्षीया बालिकालाई ५८ वर्षीय विष्णु खत्रीले एकान्त बाटोमा चकलेट खान दिउँला भन्दै ललाइफकाइ बलात्कार गरेका छन् । यस्ता विभिन्न घटनाहरु महिला तथा बालबालिकाहरुले भोगिरहेका छन् । केहि घटनाहरु बाहिर आएका छन् भने केहि त्यतिकै लुकिरहेका छन् ।
भूकम्पपछि जिल्ला प्रहरी कार्यालयमा एक जबरजस्ती करणी प्रयास र ३ वटा जबरजस्ती करणी घटनाको उजुरी परेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।