Sun. Mar 16th, 2025

धादिङका ४ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा कांग्रेसको विरोधसभा

२५ पुस, धादिङ-

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध शनिबार धादिङ सहित देशभरका ३ सय ३० वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको छ ।

प्रतिनिधि सभा विघटन गर्ने केपी शर्मा ओली नेतृत्वको सरकारको निर्णय अलोकतान्त्रिक र असंवैधानिक भएकाले देशब्यापी विरोध गर्ने काङग्रेस केन्द्रिय समितिको निर्देशन बमोजिम विरोध सभा आयोजना गरिएको काङग्रेस धादिङले जनाएको छ ।

धादिङ जिल्लामा पनि ४ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शनको आयोजना गरिएको थियो । निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा १ को विरोध सभा धुनीवेशी नगरपालिकाको धार्केमा, प्रदेश सभा २ को विरोध सभा जोगीमारामा र क्षेत्र नं २ को प्रदेशसभा १ को धादिङवेशीमा तथा प्रदेश सभा २ को किन्ताङफेदीमा विरोधसभा आयोजना गरिएको नेपाली काङग्रेस धादिङका सभापति रमेश धमलाले जानकारी दिए ।

सदरमुकाम धादिवेशीको आयोजना गरिएको र्याली

विरोध सभालाइ धादिङका जिल्ला नेताहरुले सम्वोधन गरेका थिए । सभामा काङग्रेस कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति देखिएको थियो । विरोध सभा तोकिएको स्थानमा र्याली पछि आयोजना गरिएको कोण सभालाइ सम्वोधन गर्दै जिल्लाका नेताहरुले ओली सरकारले संविधानको पाना च्यातेर कु गरेको र देशमा संवैधानिक संकट निम्त्याएको भन्दै सडकबाटै ओली र उनको प्रवित्तिलाइ अन्त्य गरिने बताएका थिए ।

कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध गरेको यो दोस्रो चरणको पहिलो आन्दोलनको कार्यक्रम हो । गत १९ पुसमा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले एक दिन सबै प्रदेश सभा निर्वाचन क्षेत्रमा, एक दिन सबै पालिकामा र एक दिन सबै वडाहरूमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

त्यही निर्णय अनुरुप आज मुलुकभरका प्रदेश सभामा विरोध प्रदर्शन भएको हो । अब सबै पालिकामा माघ ३ गते र सबै वडामा माघ ८ गते आन्दोलन गर्ने निर्णय केन्द्रीय समिति बैठकले गरेको हो ।

गत पुस ५ गते प्रतिनिधि सभा विघटन भएको विरूध्दमा कांग्रेसले यसअघि पुस १३ गते सबै प्रतिनिधि सभा क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो ।

सदरमुकाको सभालाइ सम्वोधन गर्दै जिल्ला सभापति रमेश धमला
धार्केको विरोध सभा
धार्के विरोध र्याली
किन्ताङफेदी विरोध सभा र्याली
किन्ताङफेदी विरोध र्याली
आदमघाट विरोध र्याली

About The Author

अन्य समाचारहरु: