Sun. Mar 16th, 2025

अमेरिकी संसदले प्रमाणित गर्‍यो राष्ट्रपतिमा बाइडेनको जित

President-elect Joe Biden smiles as he speaks Tuesday, Nov. 10, 2020, at The Queen theater in Wilmington, Del. (AP Photo/Carolyn Kaster)

२३ पुस , एजेन्सी –

अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक उम्मेदवार जो बाइडेन विजयी भएको अमेरिकी कंग्रेसले पुष्टि गरेको छ । स्थानीय समयअनुसार बिहीबार बिहान सकिएको इलेक्टोरल कलेजको मतगणनामा अमेरिकी राष्ट्रपतिमा बाइडेन र उपराष्ट्रपतिमा कमला ह्यारिस विजयी भएको पुष्टि भएको हो ।

बाइडेनले ३०६ र ट्रम्पले २३२ इलेक्टोरल भोट प्राप्त गरेको अमेरिकी कंग्रेसमा उपराष्ट्रपति माइक पेन्सले घोषणा गरेका थिए । अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्टोरल भोट आवश्यक पर्छ । सिनेटमा जर्जिया र पेन्सिलभेनियामा बाइडेनको जितलाई लिएर केही रिपब्लिक सांसदका अवरोधलाई भने सिनेटले खारेज गरिदिएको छ । केही रिपब्लिकन सांसदले एरिजोना, नेभादा, र मिचिगनको नतिजा प्रमाणित गर्ने बेलामा पनि अवरोधको प्रयास गरेका थिए ।

बुधबार बिहान ट्रम्प समर्थकहरुद्वारा वासिङ्टनमा हिंसा मच्चाएपछि बाइडेन र ह्यारिस विजयी भएको प्रमाणित गरिएको हो । राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित उम्मेदवारलाई अमेरिकी संसद्को संयुक्त सदनले औपचारिक रुपमा प्रमाणित गर्नुपर्नेछ । बुधबार त्यही प्रक्रिया सुरु गर्न लाग्दा ट्रम्प समर्थक हतियारसहित क्यापिटल हिल्स भवनमा प्रवेश गरेपछि केहीबेर सदनको सत्र रोकिएको थियो ।

अब बाइडेन र ह्यारिसले जनवरी २० अमेरिकाको राष्ट्रपति र उपराष्ट्रपतिमा रुपमा शपथ लिनेछन् ।बुधबारदेखि सुरु भएको हिंसात्मक प्रदर्शनमा अहिलेसम्म ४ जनाको मृत्यु भएको अमेरिकी अधिकारीले जनाएका छन् । हिंसात्मक प्रदर्शन जारी रहेकाले वासिङ्टनमा कर्फ्यु लगाइनुका साथै आगामी १५ दिनसम्म संकटकाल घोषणा गरिएको छ ।

२०७७ पुस २३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: