Mon. Nov 25th, 2024

भूकम्पपछि ६० लाख बढी पाल आयात

IMG_1675 copy

काठमाडौं – भूकम्प गएपछि कति पाल आयो भन्ने अझै हिसाब किताब छैन । विपत्पछिको पाँच सातामा व्यावसायिक प्रयोजन र राहतका गरी ६० लाखभन्दा बढी थान पाल आयात भएको अनुमान छ । ती पालमा कति कररभन्सार महसुल छुट दिइयो भन्ने लेखाजोखा हुन बाँकी छ ।

वैशाख १३ देखि जेठ २० सम्म व्यावसायिक प्रयोजनका लागि महसुल छुटमा १ अर्ब ७७ करोड ३६ लाखको ३३ लाख ७ सय ६२ वटा पाल भित्रिएको अभिलेख छ । सरकारले उक्त अवधिमा सबै खालका राहत सामग्रीका साथै व्यावसायिक प्रयोजनका पालमा कररभन्सार महसुल छुट गरेको थियो । राहत प्रयोजनका लागि जेठ २० गते नेपालतर्फ हिँडाइएका सामान असार ७ गतेसम्म भन्सारमा आइपुगे भन्सार छुटको सुविधा दिइनेछ ।

व्यावसायिक प्रयोजनका लागि आयात गरिएका पालको संख्या यकिन भए पनि राहतमा आएको पालको यकिन भइसकेको छैन । राहतमा आएका सामानको प्रज्ञापनपत्रमा कुनैमा संख्या, कुनैमा बन्डलरकार्टुनरबाक्सा आदि घोषणा गरी भित्रिएकाले संख्या यकिन हुन नसकेको हो । संख्या घोषणा गरी करिब १२ लाख १२ हजार थान पाल आएको देखिन्छ । यसबाहेक मेची, वीरगन्ज, कृष्णनगर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा भन्सारबाट बन्डल, किलो, कार्टुन आदि एकाइ घोषणा गरेर ठूलो परिमाणमा राहतको पाल भित्रिएको देखिन्छ । तराईका सबै भन्सार कार्यालयबाट पाल भित्रिएको थियो ।

फरक–फरक एकाइ घोषणा गरी भित्रिएका राहतका सामानको यकिन परिमाण र छुट गरिएको रकमको तथ्यांक निकाल्न भनिसकिएको अर्थको राजस्व महाशाखाका उपसचिव डिकरदेव भट्टले बताए । पालको हाहाकार भएको त्यतिबेला राहतमा आएका सामान केहीछिन् रोकिँदा पनि कोकोहोलो मच्चिने भएकाले ल्याउनेले बन्डलरप्याकेट जे भने त्यसैअनुसार फटाफट भन्सार जाँचपास गरिएकाले कति संख्यामा भित्रियो भन्ने यकिन हुन नसकेको हो । छुट दिन भन्सार जाँचपासको नमुना प्रयोग गरिएकाले अलि ढिलो भए पनि संख्या, मूल्य र छुट दिइएको रकम यकिन हुने विश्वास उनले व्यक्त गरे ।

३ लाख ५७ हजार ६ सय ६२ वटा पाल भित्रिएको मेची भन्सारबाट १ सय ४ ब्याग, ४३ बन्डल, ७८ किलो, २८ हजार ६ सय २० मिटर, १ सय १५ कार्टुन, १७ रोल र १५ बन्डलमा थप पाल भित्रिएको थियो । भैरहवा भन्सारबाट ३ लाख ६४ हजार ८ सय वटाका साथै २ सय ९२ ब्याग, करिब ६ हजार बन्डल पाल भित्रियो । यस्तै १ हजार ५० कार्टुन, १५ हजार ३ सय २६ किलो, २ हजार ३ सय ४२ मिटर, १० हजार १ सय २० प्याकेट, ९ रोल, ५ सय ९० सेट पाल भित्रिएको अभिलेख छ । सुरुमा हाहाकार देखिएकाले सबैले पाल ल्याउन जोड गरेका कारण अधिक आयात भएको अर्थको राजस्व महाशाखा प्रमुख लक्ष्मण अर्यालले बताए ।

यात्रा गर्दा जताततै पाल देखिएको मंगलबार गुल्मीमा रहेका उनले टेलिफोनमा बताए । घरपिच्छे एकभन्दा बढी पाल रहेको हुनसक्ने उनले बताए । ‘सवारीसाधन छोप्न, बिस्कुन सुकाउन, मासु भाग लगाउन जेमा पनि पालको प्रयोग देखियो,’ उनले सुनाए । भूकम्प प्रभावित क्षेत्रभन्दा निकै पर सुदूरपश्चिमको कैलाली भन्सारबाट पनि १७ हजार ७ सय ७९ वटा राहतको पाल भित्रिएको थियो । कञ्चनपुर भन्सारबाट ८ हजार १ सय ९८ वटाका साथै ५० सेट, २१ प्याकेट, र ७ सय कार्टुन पाल भित्रिएको थियो ।

हाहाकार देखिएका कारण थुप्रै व्यापारीका साथै सरकार स्वयं पाल आयातमा लागे पनि पाल बिक्री हुन नसकेको आयातकर्ता विजय सरावगीले बताए । उनका अनुसार बजारमा अभाव भएकाले पालको व्यापार नगरेका व्यवसायी आयात गर्न तम्सिए । सहरी विकास र स्थानीय विकास मन्त्रालयले पनि ठूलो परिमाणमा पाल ल्याएका थिए । तर, अहिले बजारमा पालको माग शून्यप्रायस् रहेको र आयातकर्तासँग ठूलो परिमाणमा मौज्दाता रहेको उनले सुनाए । ‘मैसँग १६ हजार थान पाल मौज्दात छ,’ उनले थपे, ‘कतिपय व्यवसायी माग भए बेच्दिनू भनेर मलाई भन्दै छन् ।’ सडक पहुँच भएका ठाउँमा सुरुमा पाल संकलन गरी जस्ताको माग गर्न थालेपछि राहतमा लागेकाहरूले जस्ता वितरण थालेका थिए । कान्तिपुरबाट

About The Author

अन्य समाचारहरु: