Tue. Mar 11th, 2025

एपीएफले फुटबल एकेडेमी सञ्चालन गर्ने

२४ मंसिर , काठमाडौ –

विभागीय टोली नेपाल एपीएफ क्लबले फुटबल एकेडेमी सञ्चालन गर्ने भएको छ। एपीएफले अखिल नेपाल फुटबल संघ ९एन्फा० सँगको सहकार्यमा आगामी वैशाख महिना देखि युथ एकेडेमी सञ्चालन गर्न लागेको हो। एकेडेमी सञ्चान सम्बन्धी सम्झौता पत्रमा मंगलबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र शसस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक पुष्पराम केसीले हस्ताक्षर गरे।

हस्ताक्षर कार्यक्रममा शसस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनालको पनि उपस्थिति रहेको थियो।सम्झौता अनुसार एपीएफले सुरुमा २१ जना यू(१४ उमेर समूहका खेलाडीलाई एकेडेमीमा अनुबन्ध गर्नेछ। जसमा एन्फाले छनोट गरेका सात, एपीएफ विद्यालयबाट छनोट भएका सात र अभिभावक आफैले शुल्क तिर्न इच्छुक सात खेलाडीको समावेश हुनेछ।

खेलाडीलाई दश जोड दुईसम्मको शिक्षा, स्वास्थ्य, आवास लगायत सबै सुविधा प्राप्त हुने एन्फा अध्यक्ष शेर्पाले बताए। खेलाडीको छनोट देशभरबाट उत्कृष्ट खेलाडीको आधारमा हुनेछ।

एकेडेमीबाट उत्पादित खेलाडीलाई क्लबमा राख्ने पहिलो प्राथमिकता एपीएफलाई दिइने उल्लेख छ। एकेडेमी एसियाली फुटबल महासंघ ९एएफसी० को क्लब लाइसेनिङका लागि पनि उपयुक्त हुने बताइएको छ।

एपीएफले आगामी वर्ष एएफसी ‘ए’ क्लब लाइसन्सको लागि दाबेदारी प्रस्तुत गर्नेछ। एकेडेमीको स्थापनाले भविष्यमा राम्रो स्तरको खेलाडी उत्पादन हुने र त्यस खेलाडीले राष्ट्रिय टोलीमा समेत ठूलो योगदान पुर्याउने महानिरीक्षक शैलेन्द्र खनालले बताए।

२०७७ मंसिर २४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: