Thu. Nov 28th, 2024

धादिङका पाँच स्थानीय तहहरुमा आधारभूत अस्पतालको शिलान्यास


१५ मंसिर, धादिङ–


धादिङको पाँच स्थानीय तहहरुमा निर्माण हुने आधारभूत अस्पतालको शिलान्यास गरिएको छ । जिल्लाको गल्छी, बेनिघाट रोराङ, ज्वालामुखी, त्रिपुरासुन्दरी र गंगाजमुना गाउँपालिकामा पहिलो चरणमा आधारभूत अस्पताल निर्माणका लागि सोमबार शिलान्यास गरिएको छ । पालिका सहित देशभरका ३ सय ९६ पालिकामा अस्पताल र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास गरिएको छ ।

जिल्लाको ज्वालामुखी गाउँपालिकाको मैदि स्वास्थ्य चौकी, त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यान्टार प्राथमिक स्वास्थ्य चौकी र गल्छी गाउँपालिकाको बैरेनी स्वास्थ्य चौकीमा १५ ÷१५ शैय्याको अस्पताल शिलान्यास गरिएको छ । त्यस्तै बेनिघाट रोराङ गाउँपालिकाको बेनिघाट स्वास्थ्य चौकीमा १० शैय्या र गंगाजमुना गाउँपालिकाको फुलखर्क स्वास्थ्य चौकीमा ५ शैय्याको अस्पताल शिलान्यास गरिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३ सय ९६ पालिकामा पाँचदेखि १५ शैय्याको अस्पताल बन्ने जनाएको छ ।

२०७७ मंसिर १५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: