९ मंसिर, धादिङ –
मंगलबार सुनको भाउ प्रतितोला १ हजार ८ सय रुपैयाँले घटेको छ । सोमबार प्रतितोला ९४ हजार ३ सय रुपैयाँ मूल्य कायम भएको छापावाल सुनको भाउ मंगलबार भने ९२ हजार ५ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै मंगलबार तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।सोमवार तुलनामा मंगलबार चाँदीको भाउ पनि प्रतितोला ३० रुपैयाँले घटेको छ ।
सोमबार प्रतितोला एक हजार २ सय १० रुपैयाँ कायम भएको चाँदीको भाउ मंगलबार एक हजार १ सय ८० रुपैयाँमा झरेको छ ।
२०७७ मंसिर ९ गते प्रकाशित