२६ कार्तिक,काठमाडौ –
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विद्यालय तहका सबै विद्यार्थीलाई तत्काल निःशुल्क सिमकार्ड वितरण गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएका छन् ।
सामुदायिक विद्यालयको पठनपाठन अनलाइनमार्फत सञ्चालन हुने गरी व्यवस्था मिलाउन उनले यस्तो निर्देशन दिएका हुन् । प्राधिकरणको कार्यालय भ्रमण गर्दै मन्त्री गुरुङले मंगलबार कोरोना महामारीका कारण शैक्षिक सत्रको पठनपाठन हुन नसकेको बताए । हरेक वडा तह र स्वास्थ्यचौकीमा पनि इन्टरनेट सेवा विस्तार गर्न ढिलाइ नगर्न उनले प्राधिकरणलाई सचेत गराए ।
देशभर अप्टिकल फाइबर बिछ्याउने ९सूचना महामार्ग० कार्यलाई तोकिएको समयमा सम्पन्न गर्न आवश्यक सहजीकरण गरिने पनि मन्त्री गुरुङले प्रतिबद्धता जनाए । तीन वटा प्याकेजमा विभाजन गरी निर्माण सुरु गरिएको उक्त परियोजनामध्ये प्रदेश १, २, वाग्मती, कर्णाली र सुदूरपश्चिममा अप्टिकल फाइबर बिछ्याउने काम भइरहेको छ ।
२०७७ कार्तिक २६ गते प्रकाशित