
{"caption":"u0932u093fu0921u094du0938 u092fu0941u0928u093eu0907u091fu0947u0921u0935u093fu0930u0941u0926u094du0927 u0917u094bu0932 u0917u0930u0947u092au091bu093f u0916u0941u0938u0940 u092eu0928u093eu0909u0901u0926u0948 u0932u0947u0938u094du091fu0930 u0938u093fu091fu0940u0915u093e u0916u0947u0932u093eu0921u0940 u091cu0947u092eu0940 u092du093eu0930u094du0921u0940 u0964 u0924u0938u094du092cu093fu0930 : u0930u094bu092fu091fu0930u094du0938","photographer":"","alt_text":""}
१९ कार्तिक, एजेन्सी –
चेन्नई सुपर किंग्सका अलराउन्डर अस्ट्रेलियन शेन वाट्सनले सबैखाले क्रिकेटबाट संन्यास लिएका छन् । उनले यसको औपचारिक घोषणा मंगलबार गरेका हुन् ।
भिडियो जारी गर्दै ३९ वर्षीय वाट्सनले भनेका छन्, ‘आफ्नो खेलजीवनको अन्तिम अध्याय लेख्न निकै गाह्रो हुँदोरहेछ, तर म आँट गर्दै छु । मैले स्वप्निल खेलजीवन बाँच्न पाएँ र यसका लागि सबैप्रति म कृतज्ञ छु ।’ वाट्सनले यसको जानकारी आफ्नो टिमलाई यसअघि नै दिइसकेका थिए ।
चेन्नईले किंग्स इलेभेन पन्जाबमाथि आईपीएलमा प्राप्त गरेको जितपछि वाट्सनले साथीहरूमाझ यसबारे जानकारी दिएका हुन् । वाट्सनले भिडियोमा भनेका छन्, ‘मैले सानोमै क्रिकेट खेल्न सपना बुनेको थिएँ र एकदिन आमालाई पनि भनेको थिएँ, मैले कुनै बेला अस्ट्रेलियाबाट खेल्ने छु भनेर । अहिले म औपचारिक रूपमै सबै क्रिकेटबाट संन्यास लिएको घोषणा गर्छु । मैले खेलाडी जीवनका रूपमा जे जति उपलब्धि हात पारें, त्यसलाई सपना पूरा भएकै अर्थमा लिएको छु ।’
वाट्सनले आफ्नी आमालाई क्रिकेट खेल्छु भन्दा उनी अस्ट्रेलियाको टेस्ट क्रिकेट हेरिरहेका थिए र त्यति बेला उनी ५ वर्षका मात्र थिए । उनले भनेका छन्, ‘अहिले म ३९ वर्षको भएँ र खेलाडी जीवनमा मैले पूर्णविराम लगाउँदै छु । मैले लामो यात्रा तय गरेको छु र यसबीच धेरै उतारचढाव अनि उत्तिकै चोट बेहोरेको छु । यसैले यहाँसम्म पुग्नुमा पनि म भाग्यमानी नै मान्छु ।’ चेन्नईले दुई वर्षअगाडि वाट्सनलाई अनुबन्ध गरेको थियो ।
२०७७कार्तिक १९ गते प्रकाशित