Sun. Mar 16th, 2025

टर्कीमा ७ म्याग्‍निच्युडको शक्तिशाली भूकम्प


१४ कात्तिक, इस्तानबुल –

टर्कीमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार शुक्रबार टर्कीको पश्चिमी क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । जसले गर्दा केही भौतिक भत्किएको देखिए पनि मानवीय क्षतिबारे यकिन भइनसकेको स्थानीय मिडियाले जनाएका छन् ।

ग्रिससँग जोडिएको टर्कीको सीमाक्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको बताइएको छ । जसले गर्दा ग्रीसको नियोन सहरमा क्षति पुगेको छ । टर्कीको सरकारी विभागले भने ६ दशमलब ६ म्याग्निच्युडको भूकम्प गएको बताएका छन् । साथै भूकम्प १६ दशमलब ५ किलोमिटर गहिराइमा थियो ।


२०७७ कात्तिक १४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: