Tue. Mar 11th, 2025

इङ्ग्लिस प्रिमियर लिगमा ब्राइटनको पहिलो जित


५ असोज, काठमाण्डौ–

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनले पहिलो जित दर्ता गरेको छ ।

गएराति भएको खेलमा ब्राइटनले न्युक्यासल युनाइटेडलाई ३(० गोल अन्तरले पराजित गरेको हो । ब्राइटनको जितमा निल मौपेले २ गोल गर्दा आरोन एन्थोनीले एक गोल थपे । चौथो मिनेटमा मौपेले पेनाल्टीमा गोल गर्दै सुरवाती अग्रता दिलाएका थिए ।

सातौं मिनेटमा मौपेले व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गरेका थिए । पहिलो हाफमा २ गोल गरेको ब्राइटनले दोस्रो हाफमा १ गोल थपेको थियो । नतिजासँगै ब्राइटनले पहिलो जित दर्ता गर्दा न्युक्यासलले पहिलो हार ब्यहोर्नु परेको छ ।


२०७७ असोज ५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: