Tue. Mar 11th, 2025

बागमती प्रदेशले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिक्रेट मैदान निर्माणका लागि ३ करोड दिने

३१ भदौ, हेटौंडा–


बागमती प्रदेश सरकारले चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट मैदान निर्माणका लागि धुर्मुश सुन्तली फाउन्डेसनलाई ३ करोड दिने निर्णय गरेको छ ।

प्रदेश सरकारको सशर्त अनुदानका रुपमा आर्थिक बर्ष २०७७/०७८ का लागि अनुदान रकम दिन लागेको हो ।

कोभिड १९ को सङ्क्रमणका अवस्थामा पनि निरन्तर निर्माण गरीरहेको भन्दै काम सुचारु गर्न सहज होस भनेर सहयोग गर्न लागिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले जानकारी दिए ।

यसैगरी गरि बुधबार बसेको मन्त्री परिषदको बैठकले प्रदेश सुशासन केन्द्र स्थापना र संचालन आदेश २०७७, प्रदेश भ्रमण खर्च नियमावली, प्रदेश पुर्वाधार बिकास साझेदारी नियमावलीको दोस्रो संसोधन स्वीकृत गर्ने निर्णय गरेको मन्त्री ढुङ्गेलले बताए ।

२०७७ भदौ ३१ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: