
३१ भदौ , धादिङ –
भारतमा कोरोना संक्रमितको संख्या ५० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ९० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५० लाख नाघेको हो ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार मंगलबार मात्रै थप ९० हजार १ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार साँझसम्मको तंथ्याकअनुसार भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५० लाख २० हजार ३ सय ५९ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप एक हजार २ सय ९० जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८२ हजार ६६पुगेको छ ।
२०७७ भदौ ३१ गते प्रकाशित