Tue. Mar 11th, 2025

आईपीएलको निर्णायक सिजनमा सन्दीप

३१भदौ, काठमाडौ –

नेपाली राष्ट्रिय क्रिकेट टोली दुबईको आईसीसी एकेडेमी मैदानभित्र प्रशिक्षण गरिरहेको थियो । मैदानबाहिर नेपाली टोलीका टेक्निकल एनालिस्ट एवं तत्कालीन व्यवस्थापक रमन सिवाकोटीको छट्पटी उधुम थियो । यो सन् २०१८ जनवरी २९ को प्रसंग हो । जतिखेर भारतको बेंग्लोरमा इन्डियन प्रिमियर लिग ९आईपीएल० को अक्सन दोस्रो दिन चलिरहेको थियो ।
मैदानभित्र नेपाली टोलीको आक्रोश मत्थर भइसकेको थिएन । नामिबियामा हुने विश्व क्रिकेट लिग डिभिजन २ को तयारीलाई सहभागी ६ मध्ये आधा टोली दक्षिण अफ्रिकामा अभ्यास खेल खेलिरहेका थिए । नेपाल क्रिकेट संघ ९क्यान० तत्कालीन अवस्थामा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसी द्वारा निलम्बनमा थियो र आईसीसीले नै नेपाललाई दुबईमा यूएईको दोस्रो रोजाइको टोलीसँग दुई अभ्यास खेल खेल्ने तालिका मिलाइदिएको थियो ।

जबकि त्यहीं यूएईको मुख्य टोली नेपालसहितका टोलीसँग डिभिजन २ मा प्रतिस्पर्धा गर्न दक्षिण अफ्रिकामा अभ्यास खेल खेलिरहेको थियो । यही आक्रोश मैदानमा प्रशिक्षण गर्दै गर्दा नेपाली टोलीका खेलाडीमा थियो ।

मैदानबाहिर मोबाइल चलाउँदै छट्पटिएका सिवाकोटीले त्यही एउटा खबर खुशीमा गद्गद् हुँदै मैदानभित्र नेपाली टोलीलाई सुनाउन दौडिएका थिए । जुन समाचार नेपाली क्रिकेटको कल्पनाबाहिरको थियो ।
त्यो समाचारका मुख्य पात्र थिए, सन्दीप लामिछाने । नेपाली क्रिकेटका यी सनसनी स्पिनरलाई बेंग्लोरमा चलिरहेको आईपीएल अक्सनबाट तत्कालीन दिल्ली डेयरडेभिल्सले २० लाख भारुमा लिएको थियो । सन्दीप आईपीएलमा छनोट हुने पहिलो नेपाली खेलाडी बनेका थिए ।

२०७७ भदौ ३१ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: