Wed. Nov 27th, 2024

सर्वसाधारणले उपभोग गर्ने अत्यावश्यक खाद्यान्नको भाउ किलोमै ३७ रुपैयाँ बढ्यो

२९ भदौ, काठमाडौ –

सर्वसाधारणले दैनिक उपभोग गर्ने अत्यावश्यक वस्तुको मूल्य एक वर्षमा किलोमै ३७ रुपैयाँसम्म बढेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले ४२ खुद्रा पसलको निरीक्षणपछि तयार पारेको मूल्य विश्लेषण विवरणले यस्तो देखाएको हो ।

विभागका निरीक्षक अधिकृतले कीर्तिपुर, ललितपुर, भक्तपुर, बुद्धनगर, टोखा, चाबहिल, जोरपाटी, कलंकीलगायत १५ ठाउँबाट मूल्य संकलन गरेको विभागका प्रवक्ता रवीन्द्र आचार्यले जानकारी दिए । मूल्य खुद्रा पसलबाट संकलन गरिएको थियो । मूल्य विश्लेषण गर्दा सबैभन्दा बढी दाल, गेडागुडी र खानेतेलको भाउ बढेको उनले बताए ।

‘एक वर्षको खाद्यान्नको मूल्य विश्लेषण गर्दा सबैभन्दा बढी मासको दालको मूल्य बढेको छ । दालमा विभिन्न प्रकृति देखियो,’ आचार्यले भने, ‘खुद्राले होलसेल र आयातकर्ताले मूल्य बढाएको बताएका छन् । अब रणनीति बनाएर अघि बढ्छौं ।’ अबको अनुगमन दाल, तेल चामललगायत क्षेत्रमा केन्द्रित गरिने उनले जानकारी दिए । एक वर्षको तुलनामा मूल्य घटे पनि एकरदुई महिनाको अवधिमा भने खासै वृद्धि नभएको व्यवसायीको दाबी छ । उनीहरूका अनुसार पछिल्लो समय खाद्यान्नको माग छैन । बिक्री धेरै घटेको छ ।

‘लकडाउनको सुरुसुरुमा माग अत्यधिक थियो । बिक्री पनि उस्तै थियो । तर अहिले छैन । प्रायः ग्राहकले सञ्चय गरेको खाद्यान्न अहिले उपभोग गरेको अनुमान छ,’ खाद्य किराना संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले भने, ‘बिक्री घटेपछि मूल्य पनि घटेको छ । बजेटमार्फत चामल, दालको भन्सार बढेकाले मूल्यमा त्यसमा सामान्य असर परेको उनले बताए ।
२०७७ भदौ २९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: