Tue. Mar 11th, 2025

युएस ओपनको उपाधि ओसाकालाई

२८ भदौ –

न्यूयोर्क जापानी खेलाडी नाओमी ओसाकाले दोस्रो पटक युएस ओपन टेनिसको उपाधि जितेकी छिन्। २२ वर्षीय ओसाकाले शनिबार राती भएको फाइनलमा बेलारुसकी भिक्टोरिया अजारेन्कालाई हराउँदै उपाधि कब्जा गरेकी हुन्।
ओसाकाले उत्कृष्ट पुनरागमन गर्दै १–६, ६–३, ६–३ ले खेल आफ्नो पक्षमा पारेकी हुन्।

जितसँगै उनले ग्रान्डस्लामको उपाधि तेस्रो पटक उचालेकी छिन्। यस्तै उनी ग्रान्डस्लामको फाइनल खेलेर सबै जित्ने जेनिफर काप्रिएटी पछि दोस्रो खेलाडी समेत बनेकी छिन्।
उनले सन् २०१८ को युएस ओपन, २०१९ को अस्ट्रेलिया ओपन तथा २०२० को युएस ओपन जितेकी हुन्।

२०७७ भदौ २८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: