Tue. Mar 11th, 2025

पीएसजी पहिलो खेलमा लेन्ससँग पराजित

{"caption":"u0924u0938u094du092cu093fu0930 : u0930u094bu092fu091fu0930u094du0938","photographer":"","alt_text":""}

२६ भदौ ,एजेन्सी –

पेरिस – पेरिस सेन्ट जर्मेन पीएसजीले लिग वानको आफ्नो पहिलो खेलमा बिहीबार लेन्ससँग स्तब्धपूर्ण हार बेहोरेको छ । यसै सिजन मात्र बढुवा भएर आएको लेन्स १–० ले विजयी रह्यो ।
त्यसमा गनागोले ५७औं मिनेटमा निर्णायक गोल गरे ।

स्टार खेलाडी केलियन एमबापेसहित सात खेलाडी कोरोना भाइरसबाट संक्रमित भएको हुँदा यो खेल हुने नहुनेमा शंका थियो ।

लेन्सले यो खेल स्टाडे बोलार्ट डेफेलिस रंगशालामा आफ्ना पाँच हजार समर्थक अगाडि खेलेको थियो । पीएसजीले अब आइतबार मार्सेविरुद्ध खेल्नेछ, त्यसमा आफ्ना प्रमुख खेलाडी टिममा फर्काउने प्रयास गर्नेछ ।

२०७७ भदौ २६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: