१२ भदौ, काठमाडौँ–
सबै स्थानीय तहमा अस्पताल बन्ने भएका छन्। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै स्थानीय तहमा अस्पताल सेवा प्रारम्भ गर्ने निर्णय गरेको हो। सबै स्थानीय तहका स्वास्थ्य चौकी र उपस्वास्थ्य चौकीहरूमा ५ शैय्याको अस्पताल तुरुन्तै सञ्चालनमा ल्याउने निर्णय गरेका हुन् । स्वास्थ्यमन्त्री भानुभक्त ढकालका अनुसार अस्पताल नभएका ६४९ तहमा पाँच शैय्याको अस्पताल तत्काल सुरु हुनेछ।
मन्त्रालयले तत्काल अस्पताल सञ्चालन गर्न आवश्यक पर्ने औजार र उपकारण खरिदका लागि शुत्रबार मात्र ६४ करोड निकासा गरेको छ। यसरी सञ्चालन हुने अस्पतालमा तत्काल कम्तिमा एक एमबीबीएस चिकित्सक, दुई नर्स र अन्य स्वास्थ्यकर्मी रहनेछन्।
चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको व्यवस्थापन स्थानीय तहले गर्नेछ। मन्त्रालयले अस्पताल कहाँ सञ्चालन गर्ने भन्ने निर्णय गर्ने अधिकारसमेत स्थानीय तहलाई नै दिएको छ। त्यसैगरी सरकारले निजी अस्पताललाई कोभिड-१९ अस्पतालको रुपमा व्यवस्थापर्ने गर्ने नीतिगत निर्णयसमेत गरेको छ।
२०७७ भदौ १२ गते प्रकाशित